+
+
Shares

उच्च मूल्यबाट ४ हजार २ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ २ लाख ३९ हजार २ सय रुपैयाँ रहेको उल्लेख गरेको छ।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य कम भएको हो भने चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले बढेको छ।

२४ असोज, काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिन प्रतिऔंस ४ हजार ४० डलरसम्म पुगेकोमा आज ४ हजार मुनि झरेको छ ।

चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ८५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?