
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सागको मूल्य बढेको जनाएकाे छ।
- रायो सागको मूल्य शुक्रबार प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ, जुन बिहीबारको १ सय १० रुपैयाँ थियाे।
- पालुंगो सागको मूल्य पनि शुक्रबार १ सय २६ रुपैयाँ पुगेको छ।
२४ असोज, काठमाडौं । स्थानीय बजारमा सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले शुक्रबार सागको मूल्य बढेको देखिएको हो ।
कालीमाटी बजारमा अहिले रायो, पालुंगो, चम्सुर, तोरी लगायत साग किन्न पाइन्छ ।
रायो सागको मूल्य प्रतिकिलो थोकमा आज शुक्रबार औसत १ सय ३० रुपैयाँ तोकिएको छ । हिजो बिहीबार भने रायो साग प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज किलोमा २० रुपैयाँ बढेको हो ।
यस्तै आज पालुंगो सागको प्रतिकिलो थोक मूल्य २६ रुपैयाँ बढेको छ । बिहीबार प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भएको पालुंगो साग आज १ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबार प्रतिकिलो १ सय ५८ रुपैयाँमा कारोबार भएको जिरीको साग आज प्रतिकिलो ४४ रुपैयाँले बढेर २ सय २ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै तोरीको साग प्रतिकिलो ७५ रुपैयाँमा किनबेच हुँदा चम्सुरको साग १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ भने सौफको साग प्रतिकिलो १ सय २९ रुपैयाँ कायम छ ।
व्यवसायीका अनुसार अहिले बजारमा सागको आपूर्ति कम भएकाले मूल्य बढेको हो ।
प्रतिक्रिया 4