+
+
Shares

हुम्लाको चंखेलीमा जिप दुर्घटना

कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप दुर्घटना भएको छ।
  • जिपमा सवार ९ मध्ये बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् र घाइतेहरुलाई नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर जंगराज सिंहले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उल्लेख गरे ।

२४ असोज, सिमकोट। हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।

चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।

घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?