
२४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरी दर्ता नभएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ ।
२१ असोजमा अनेरास्ववियुले जाहेरी दिएको थियो तर दर्ता नभएपछि दबाब दिन अनेरास्ववियुको टिम परिसर पुगेको हो ।
‘जोहेरी दर्ता नभएपछि अहिले परिसमा आएका छौँ,’ अखिलका पूर्वअध्यक्ष समिक बडालले भने ।
प्रहरीले २४ घण्टाभित्र निर्णय दिने भनेको थियो । तर अहिलेसम्म जाहेरी दर्ता भएको छैन ।
सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गरेको भन्दै अखिलले बालेन र सुदनविरुद्ध जाहेरी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4