+
+
Shares

हुम्ला जिप दुर्घटनाका ५ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १४:५१

२४ असोज, हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।

घाइतेमध्ये ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकायलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा शुक्रबार मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि सुर्खेत पठाउन सेनाको हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?