
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार तने बोडीको थोक भाउ प्रतिकिलो १ सय ७० रुपैयाँ कायम गरेको छ।
- मकै बोडीको भाउ आइतबार प्रतिकिलो २० रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ।
- घिउसिमी लोकल र हाइब्रिडको भाउ क्रमशः ३५ र ३० रुपैयाँले बढेर १ सय ३० र १ सय २५ रुपैयाँ कायम भएको छ।
२६ असोज, काठमाडौं । स्थानीय बजारमा तने बोडी, मकै बोडी र घिउसिमीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले तने बोडी, मकै बोडी र घिउसिमीको प्रतिकिलो थोक (होलसेल) भाउ बढेको देखाएको हो ।
आज आइतबार तने बोडीको थोक मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ कायम छ । शनिबार तने बोडी प्रतिकिलो १ सय ६० रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज १० रुपैयाँ बढेको हो ।
आइतबार मकै बोडीको भाउ प्रतिकिलो २० रुपैयाँ बढेको छ । हिजो शनिबार प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको मकै बोडी आज ८५ रुपैयाँमा किनबेच भएको हो ।
यस्तै आज घिउसिमी लोकल प्रतिकिलो १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । घिउसिमी लोकलको भाउ एकैदिन प्रतिकिलो ३५ रुपैयाँले बढेको तथ्यांकले देखाउँछ । शनिबार घिउसिमी लोकल प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै घिउसिमी हाइब्रिडको भाउ पनि आज आइतबार ३० रुपैयाँले बढेर १ सय २५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया 4