
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सेयर बजारमा नेप्से परिसूचक ७१ अंक घटेर २५१० मा झरेको छ।
- १२:४० बजेसम्म २ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
- होटल, पर्यटन, हाइड्रोपावर र माइक्रोफाइनान्स समूहमा ३ प्रतिशतसम्म गिरावट आएको छ।
२६ असोज, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ ।
१२ : ४० बजेसम्म नेप्से परिसूचक ७१ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५१० मा झरेको छ । यतिबेलासम्म २ अर्ब ७९ करोडको कारोबार भएको छ ।
५ कम्पनीको मूल्य बढ्दा २४४ को घटेको छ । अन्य समूह सबैभन्दा धेरै ४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन, हाइड्रोपावर र माइक्रोफाइनान्स ३ प्रतिशत घटेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र निर्जीवन बीमा २ प्रतिशत घटेका छन् ।
विन्ध्यबासिनी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, एसियन हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र इङवा हाइड्रोपावरको मूल्य ८ प्रतिशतभन्दा धेरै घटेको छ । कारोबारका आधारमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र बुटवल पावर क्रमशः अगाडि रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4