
काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जवाफी कारबाहीमा पाकिस्तानका ५८ सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेका छन् ।
आइतबार काबुलमा आयोजित पत्रकार सम्मेलनमा मुजाहिदले ‘प्रतिशोधात्मक कारबाही’ मा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको थियो । तर, लडाइँ समाप्त भएपछि फिर्ता गरिएको थियो ।
जबिहुल्लाह मुजाहिदको दाबीबारे पाकिस्तानबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नकवीले शनिबार राति अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको दाबी गरे ।
प्रवक्ताका अनुसार झडपका क्रममा नौ तालिबानी कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरे।
जबिहुल्लाह मुजाहिदले आईएसआईएसको प्रमुख पाकिस्तानमा रहेको आरोप लगाए । यो संगठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय छ।
उनले अफगानिस्तानबाट आईएसआईएस समाप्त भएको बताए । उनले पाकिस्तानमा आईएसआईएस तालिम केन्द्रहरू रहेको आरोप लगाए र अन्तर्राष्ट्रिय समुदायले यसतर्फ ध्यान दिनुपर्ने बताए।
उनले अफगानिस्तानका विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देशको विरुद्धमा नभएको र यसमा कसैलाई पनि आपत्ति नहुने बताए ।
प्रतिक्रिया 4