
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
- टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले पेस्तोल बोकेको यकिन नभए पनि प्रहरीले आन्तरिक रूपमा अनुसन्धान गरिरहेको छ।
- प्रहरीले टीओबी समूहसहित सबै अराजक गतिविधि, आगजनी, तोडफोडलगायतका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
२६ असोज, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
उक्त तस्वीरमा देखिएजस्तै ती व्यक्तिले साच्चै पेस्तोल बोकेका हुन्/होइनन् यकिन भएको छैन। तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन। यद्यपl यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताए।
‘पेस्तोल बोकेको हुन्/होइनन् अहिले यकिन भइसकेको छैन। यद्यपि, यसबारे हामीले आन्तरिक रूपमा बुझ्ने र अनुसन्धान गर्ने काम गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने।
टीओबीलगायत सबै समूह व्यक्तिका अराजक गतिविधि, आगजनी, तोडफोडलगायतका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया 4