+

काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा

२०८२ असोज  २८ गते ११:५६ २०८२ असोज २८ गते ११:५६
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले कात्तिक १८ देखि २३ गतेसम्म श्रीलंकाको कोलोम्बोमा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि १२ सदस्यीय टोली घोषणा गरेको छ।
  • नेपाल भलिबल संघले १८ खेलाडीबाट १२ सदस्यीय टोली चयन गरेको छ, जसमा ६ जना नयाँ खेलाडी छन्।
  • टोलीमा जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ समावेश छन्।

२८ असोज, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ।

नेपाल भलिबल संघले प्रशिक्षणका लागि १८ जना खेलाडी छनोट गरे पनि २ जना खेलाडी स्वेच्छाले बन्द प्रशिक्षणमा सहभागी नभएकाले १६ जनामध्येबाट १२ जनाको अन्तिम टोली चयन गरेको छ।

टोलीमा ६ जना नयाँ खेलाडीहरू छन् । अघिल्लो वर्ष यू-२० च्याम्पियनसिपमा खेलेका जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ यू-१९ टोलीमा पनि परेका छन् ।

नेपालको टोली : जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिस्मा डांगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, स्न्निता खत्री, रेविका लामा तामाङ र विनिता राना

काभा यू-१९ महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय