+
टी-२० विश्वकप छनोट :

सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै

२०८२ असोज  २९ गते ८:२१ २०८२ असोज २९ गते ८:२१
सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ।
  • आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ र नेपालले जिते विश्वकपमा छनोट हुने छ।
  • नेपालले आइतबार यूएई र सोमबार कतारलाई हराएको छ भने ओमानले पनि कतार र यूएईलाई हराएको छ।

२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ ।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।

छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । यसर्थ नेपालले आजको खेल जिते विश्वकपमा छनोट हुनेछ ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो ।

नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो जहाँ ६ विकेटले विजयी भएको थियो ।

टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ ।

नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय