+

पहिलो वार्म अप खेलमा नेपालले ओमानलाई हरायो

२०८२ असोज  १९ गते ७:१७ २०८२ असोज १९ गते ७:१७
पहिलो वार्म अप खेलमा नेपालले ओमानलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको छ।
  • नेपालले ओमानले दिएको १११ रनको लक्ष्य १७ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ।
  • ओपनर आसिफ शेखले ६१ रन बनाए भने कप्तान रोहित पौडेलले २५ रन बनाए, दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

१९ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा ओमानलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए । कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे ।

ओमानका आमेर कलिमले २ विकेट तथा फेसल शाहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो । ओमानका लागि आर्यन विष्टले सर्वाधिक २३ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा नन्दन यादव र कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले अर्को वार्म अप खेलमा भोलि कतारसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय