+
+
Shares

साउन र भदौमा थप ४ अर्ब ९० करोड सेयर कर्जा प्रवाह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ९० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
  • भदौ मसान्तसम्म कुल सेयर धितो कर्जा १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
  • एक वर्षमा सेयर धितो कर्जा ४५.९ प्रतिशत बढेको छ र १ करोडमाथिको कर्जा १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ।

२९ असोज, काठमाडौं । साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट थप ४ अर्ब ९० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म कुल १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । गत असार मसान्तसम्म १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ यस्तो कर्जा गएको थियो ।

एक वर्षको अवधिमा यस्तो कर्जा ४५.९ प्रतिशत बढेको छ । गत वर्षको भदौ मसान्तसम्म सेयर धितो कर्जा ९९ अर्ब ७६ करोड प्रवाह भएको थियो । १ करोडमाथिको कर्जा सबैभन्दा धेरै १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो कर्जा असार मसान्तको तुलनामा ३.४ प्रतिशत बढेको छ । असार मसान्तको तुलनामा ५० लाखदेखि १ करोडसम्मको सेयर कर्जा ११.७ प्रतिशत बढेको छ । २५ लाखदेखि ५० लाखसम्मको कर्जा १.७ प्रतिशत र २५ लाखमुनिको कर्जा ०.८ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?