News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सिंगापुरसँग २-१ ले पराजित भएपछि छनोटको सम्भावना समाप्त भएको छ।
- खेलमा भारतले १४औं मिनेटमा अग्रता लिएपनि सोङ-यी योङले दुई गोल गर्दै सिंगापुरलाई जित दिलाए।
- भारतका मुख्य प्रशिक्षक खालिद जमिलले एसियन कप छनोटबाट बाहिरिएपछि जिम्मा आफूले लिने र गल्ती स्वीकार गर्ने बताएका छन्।
२९ असोज, काठमाडौं । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भारत एएफसी एसियन कप फुटबलमा छनोट हुन सकेन । नेपालले पराजित गरेको टिम सिंगापुरसँग २-१ ले पराजित भएपछि भारतको एसियन कपमा पुग्ने सम्भावना समाप्त भएको हो ।
गोवाको पन्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा भारतले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा पराजित भएको हो । लाललिएन्जुएला चाङ्गटेले १४औं मिनेटमा भारतका लागि गोल गरेका थिए । तर सोङ-यी योङले दुई गोल गर्दै सिंगापुरलाई जित दिलाए । योङले ४४औं मिनेटमा बराबरी गोल गरे भने ५८औं मिनेटमा विजयी गोल गरेका थिए ।
नेपालले गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा सिंगापुरलाई उसैको मैदानमा १-० ले पराजित गरेको थियो । पछिल्लो दुई संस्करण लगातार एसियन कप खेलेको २०१५ पछि पहिलो पटक एसिया कपमा देखिने छैन । पछिल्लो चार मध्ये तीन संस्करण एसिया कप खेलेको भारत २०१५ मा भने छनोट भएन ।
एसियन कप छनोटको तेस्रो चरणमा समूह सी मा रहेको भारत सिंगापुरसँग हारेपछि ४ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । भारतले अझै दुई खेल खेल्न बाँकी छ । तर पछिल्लो नतिजापछि बाँकी दुई खेलले कुनै परक नपार्ने भएको हो ।
यस समूहमा हङकङ र सिंगापुर दुई जित र दुई बराबरी सहित समान ८ अंक जोडेर शीर्ष दुई स्थानमा छ । भारतसँगै २ अंक नै रहेको बंगलादेशपनि एसियन कप होडबाट बाहिरिसकेको छ । तेस्रो चरणमा छनोटमा भारतले कुनै पनि खेल जित्न सकेको छैन ।
बंगलादेशसँग पहिलो खेल गोलरहित बराबरी खेलेको भारत त्यसपछि हङकङसँग १-० ले पराजित भएको थियो । नेपालले जुनमा भएको मैत्रीपूर्ण खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।
यस्तै सिंगापुरसँग खेलेको पहिलो खेलमा भारतले अन्तिम सममया गोलरहित १-१ को बराबरी गरेको थियो ।
भारतका मुख्य प्रशिक्षक खालिद जमिलले एसियन कप छनोटबाट बाहिरिएपछि निराश हुँदै यसको जिम्मा आफूले नै लिने बताएका छन् । ‘मसँग भन्नको लागि धेरै छैन, तर यो स्वीकार्न चाहन्छु कि सबैले धेरै मिहिनेत गरेका थिए । यो फुटबल हो । कहिलेकाहीँ तपाईँको पक्षमा हुन्छ कहिले हुँदैन’ जमिलले भने, ‘हामी बाहिरिएकोमा म निकै दु:खी छु । म कसैलाई दोष दिन चाहन्न । यो मेरो गल्ती हो । मैले यसलाई सुधार्न धेरै कुरा प्रयास गरेँ तर अन्तत: त्यो पर्याप्त भएन।’
भारतले सुरुवातमै गोल गरेर अग्रता लिएपनि खेलमा कन्सनट्रेसन नभएपछि पहिलो हाफको अन्तिममा गोल खाँदा त्यसले खेलको मोमेन्टम परिवर्तन गरेको जमिलको भनाई छ ।
प्रतिक्रिया 4