+
+
Shares

तोकिएकै समयमा निर्वाचन नभए देश दुर्घटनामा जान्छ : यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १८:३६

२९ असोज, वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनु पर्ने बताएका छन् ।

बुधबार जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सरकारले तोकिएको समयमै निर्वाचन गराउनु पर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनु पर्ने र सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नु पर्ने धारणा राखे ।

‘सरकारले आगमी फागुन २१ गते निर्वाचन गराउनु पर्छ । निर्वाचनमा भाग लिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनु पर्छ,’ उनले भने ।

वर्तमान सरकारले समयमै निर्वाचन गराउन सकेन भने देश अझै दुर्घटनामा जानसक्ने भन्दै उपमहासचिव यादवले भने, ‘चुनाव भएन भने देश दुर्घटनामा जाने छ । दुर्घटना रोक्नलाई भएपनि देशमा निर्वाचन हुनु पर्छ ।’

गत भदौ २३ र २४ गते देशमा उत्पन्न विषम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको उनले बताए ।

यसैगरी उनले अहिलेको वर्तमान परिस्थितीमा नेपालको राष्ट्रिय राजनितिमा मधेसको मुद्धा ओझेलमा परेको पनि बताए ।

‘मधेश आन्दोलनले नेपालका जुनसुक्कै ठाउँमा बसोबास गर्ने व्यक्ति नेपाली हो भनेर स्थापित गरेको हो । उसको अनुहार गोरो होस् कि कालो होस्, नेपाली नागरिकता प्राप्त गरेको अनि नेपालमा बस्ने नागरिक नेपाली हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?