+
+
Shares

पर्सामा जसपा नेपालका दुई नगरप्रमुख एमालेमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १७:०६

२० माघ, वीरगञ्ज । पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित दुई जना पालिका प्रमुख मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेली औपचारिक रूपमा आज एमालेमा प्रवेश गरेका हुन् ।

जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)  ले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

उनीहरू पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादव निकट मानिन्छन् ।

यादवको राजनीतिक यात्रालाई पछ्याउँदै उनीहरू पार्टी परिवर्तन गर्दै आएका हुन् । यसअघि पूर्वमन्त्री यादवले जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गर्दा पनि उनीहरू साथमै थिए।

वीरगञ्जको विकासलाई नयाँ उचाइमा पुर्‍याउन र राष्ट्रिय राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन एमालेसँग सहकार्य गर्ने निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?