+
+
Shares

हुम्ला दुर्घटनामा मृतकका परिवार र घाइतेलाई निजामती कर्मचारी संगठनको सहयोग

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले उनीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् । रोकायको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निजामती कर्मचारी संगठनले हुम्ला दुर्घटनामा ज्यान गुमाएकी अनमी बसन्ती बुढाको परिवारलाई रु. १ लाख ५० हजार र घाइते वडा सचिव महेन्द्र रोकायलाई रु. २५ हजार सहयोग गरेको छ।
  • केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् र रोकायको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
  • दुर्घटनामा जागृती रोकाय र अनमी बसन्ती बुढाको मृत्यु भएको थियो भने रोकायलाई हेलिकप्टरमार्फत उद्दार गरिएको थियो।

३० असोज, काठमाडौं। हुम्ला जिल्लाको चंखेली गाउँपालिकास्थित देशी खोलामा जीप दुर्घटनामा परी ज्यान गुमाएकी अनमी बसन्ती बुढाको परिवार र घाइते भएका सिमिकोट गाउँपालिका वडा नं. ८ का वडा सचिव महेन्द्र रोकायलाई नेपाल निजामती कर्मचारी संगठनले एक लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले उनीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् । रोकायको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा उनकी कान्छी छोरी जागृती रोकाय र स्याँडा स्वास्थ्य चौकीकी अनमी बसन्ती बुढाको मृत्यु भएको थियो । अध्यक्ष रोकायलाई हेलिकप्टरमार्फत उद्दार गरी सुर्खेतस्थित अस्पताल पुर्‍याइएको थियो ।

संगठनले मृतक बसन्ती बुढाका लागि रु. १ लाख ५० हजार र घाइते अध्यक्ष रोकायका लागि रु. २५ हजार गरी जम्मा १ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । संगठनका अनुसार यो रकम संगठनको सदस्यता नवीकरण गर्दा कट्टी हुने कल्याण कोष बापतको हो ।

संगठनको सदस्यता नवीकरण गर्दा एक सय रुपैयाँ कल्याण कोषमा जम्मा हुने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?