+
+
Shares

कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ७:२२

३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण गरेका तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको निधनले सतब्ध बनाएको बताएकी छन् । उनले शेर्पाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरेका शेर्पाको ९२ वर्षको उमेर हिजो काठमाडौंको कपनस्थित निवासमा निधन भएको थियो ।

‘हामीले ऐतिहासिक आरोहणका प्रत्यक्ष साक्षी मात्र होइन, एक जीवित धरोहर गुमाएका छौं,’ प्रधानमन्त्री कार्कीले एक्समा लेखेकी छन्, ‘करिब साढे ७ दशक उहाँले उतिबेला मानवजातिकै एउटा विशेष उपलब्धि मानिएको घटनाको अनुभव पछिल्ला पुस्तालाई साटिरहनुभयो ।’

हालैका वर्षहरुमा उनी हिमालमा जलवायु परिवर्तनको असर देखिन थालेकोमा चिन्तित भएको भन्दै प्रधानमन्त्री कार्कीले त्यसप्रति संवेदनशील भएर काम गर्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेकी छन् । ‘अहिले हामी सबैको अभिभारा पनि त्यही नै हो,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?