+
+
Shares

३ जना फरार कैदीबन्दी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ८:०९

३१ असोज, काठमाडौं । फरार रहेका तीन जना प्रतिवादी र कैदीबन्दीलाई देशका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार लागुऔषध मुद्दामा अदालतको फैसला पश्चात फरार रहेका चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरिएको छ । उनलाई विहीबार बिहान ११:२० बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, चोरी मुद्दाका अभियुक्त ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी २०८२ असोज २४ गते नख्खु कारागार, ललितपुरबाट फरार भएका थिए । उनलाई विहीबार राति ९ बजे प्रहरी प्रभाग इमाडोलको क्विक रेस्पोन्स टिम (क्वीआरटी) र सिभिल प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै, सवारी ज्यान मुद्दामा कारागारमा सजाय काटिरहेका विशाल महर्जन फरार भएकोमा उनलाई पनि नियन्त्रणमा लिइएको छ । कारागारबाट फरार भएका महर्जनलाई विहीबार दिउँसो १२:३५ बजे काठमाडौं महानगरपालिका–२६, रानीवारीस्थित दक्षिणकाली मन्दिर नजिकबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

लैनचौर वृत्तमा राखिएका ३१ वर्षीय महर्जनलाई आवश्यक प्रक्रिया पूरा गरी केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?