+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
21/3 (4.6)
Shares

कांग्रेस मनोगत चाहनाको बन्धक नबनोस्

कांग्रेस पार्टीका परिवर्तन रोक्न चाहनेहरूलाई एउटा मात्र आग्रह छ – बस्,अब तपाईंहरूको ज्यादती र दादागिरी अति भयो । पार्टीलाई अब तपाई‌ंहरूको मनोगत चाहनाको बन्धक बनाउनबाट मुक्त गरिदिनुहोस्।

शंकर तिवारी शंकर तिवारी
२०८२ असोज ३१ गते १३:२०

२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थिति र ०८२ फागुन २१ का लागि घोषित निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विधान अनुसार विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन्। कांग्रेस इतिहासमा बिरलै सुनिएको विशेष महाधिवेशनको वर्तमान परिप्रेक्ष्यमा के महत्त्व छ भन्ने बारेमा यो लेख केन्द्रित रहने छ।

नेपालमा दलहरू लोकतान्त्रिक छैनन्। त्यही भएर विद्वानहरू नेपाली लोकतन्त्रलाई दलतन्त्र भन्छन्। प्रकृति भट्टराईले त दल भित्रको ढल फेर्नुपर्छ भनेकी छन्। प्रदीप गिरीले दलहरू गुट भन्दा पनि गिरोहको सिकार भएको भन्नुहुन्थ्यो, हिन्दी सिनेमामा देखिने डाँकु दस्ताको उदाहरण दिएर।

मैले यसलाई पार्टी कब्जाको मनोविज्ञानको उपमा दिएको थिएँ। यावत् कारणहरूले गर्दा नेपालमा दलहरूको बारेमा आम मानिसमा सकारात्मक धारणा छैन। एउटा लोकतन्त्रमा जब राजनीतिक दलकाप्रति सकारात्मक धारणा हुँदैन त्यो लोकतन्त्र धरापमा उभिएको हुन्छ। भाद्र २३ र २४ को घटना हुनुमा एउटा मुख्य कारण दलहरूकाप्रति आम मानिसका मनमा जकडिएको नकारात्मक धारणाको उपज थियो।

नेपाली कांग्रेस पार्टीको १५ औं महाधिवेशनको संघारमा छ। २०७८ सालमा मङ्सिरमा अधिवेशन भएकाले २०८२ मङ्सिरमा यो दलको अधिवेशन भएको ४ वर्ष पूरा हुन्छ। तर किन कांग्रेस कार्यकर्ताले नियमित अधिवेशनमा नपर्खेर विशेष अधिवेशनका लागि हस्ताक्षर गरे त्यो कुराको अन्तर्य निकै महत्त्वपूर्ण छ।

यसका अनेक अर्थ छन् त्यसमध्ये पहिलो- कांग्रेस कार्यकर्तालाई नियमित अधिवेशन समयमा हुन्छ भन्नेमा विश्वास छैन। किनकि कांग्रेसको पछिल्ला