+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जेन‍-जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा मृत्यु भएकामध्ये २२ जना मात्र प्रदर्शनकारी भएको जनाएको छ।
  • सेनाका उपरथी अनुपजंग थापाले आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको बताए।
  • २३ भदौमा नयाँ बानेश्वरमा १९ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु प्रहरकिो गोली लागेर भएको उपरथी थापाले खुलाएका छन्।

३१ असोज, काठमाडौं। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन‍-जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।

सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।

आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाको भनाइ छ।

जेन‍-जी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरकिो गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?