+
+
Shares

मणिचूड दह : हरियालीमा लुकेको पौराणिक सौन्दर्य

हरियो जंगलको काखमा रहेको मणिचूड दह पुग्न काठमाडौंको मध्य भागबाट करिब १५-२० किलोमिटर यात्रा गर्नुपर्छ ।

शंकर गिरी शंकर गिरी
२०८२ कात्तिक २ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मणिचूड दह काठमाडौं उपत्यकाको उत्तरी किनारमा शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित पवित्र पोखरी हो।
  • यो दह समुद्री सतहबाट करिब २,००० मिटर उचाइमा छ र शहरी जीवनबाट टाढा प्रकृतिमा रमाउने पर्यटकका लागि आदर्श स्थल मानिन्छ।
  • मणिचूड दह पुग्न गागलफेदी, साँखु–वज्रयोगिनी र सुन्दरीजल मार्गहरू छन्, जसले वन, चराचुरुङ्गी र मनोरम दृश्यहरू प्रदान गर्छन्।

हरिया वनजंगलले भरिएका पहाडले घेरिनु काठमाडौं उपत्यको विशेष विशेषता हो । उपत्यकाको जुनसुकै किनारमा पुगेर केही घण्टा माथि उक्लनेबित्तिकै रमणीय पुग्न सकिन्छ । शहरको कोलहालपूर्ण वातारवणको तनावलाई प्रकृतिको मिठासमा रमाउने अवसर प्राप्त हुन्छ । त्यसैमध्येको एक गन्तव्य हो- मणिचूड दह ।

उपत्यकाको उत्तरी किनारमा, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो सुन्दर र पवित्र पोखरी ।

हरियो जंगलको काखमा रहेको मणिचूड दह पुग्न काठमाडौंको मध्य भागबाट करिब १५-२० किलोमिटर यात्रा गर्नुपर्छ । शङ्खरापुर नगरपालिकामा पर्ने यो दह समुद्री सतहबाट करिब २,००० मिटर उचाइमा अवस्थित छ । शहरी जीवनबाट टाढा प्रकृतिमा रमाउने पर्यटकका लागि आदर्श स्थल मानिन्छ।

मडिचूड दहबारे एक किम्बदन्ती छ- धेरै वर्षअघि यहाँ मणिचूड नामका एक ज्ञानी र न्यायप्रेमी राजाले शासन गर्थे । उनको निधारमा बहुमूल्य रत्न ‘मणि’ थियो । यसले उनलाई शक्ति र तेज प्रदान गर्थ्यो। एक दिन राज्यमा महामारी फैलियो । आफ्नो प्रजालाई बचाउन उनले निधारको मणि त्यही तालमा अर्पण गरे । यही कारण राजाको मृत्यु भयो ।
त्यसपछि त्यस ताललाई मणिचूड दह भन्न थालियो ।

यो ताललाई हिन्दू र बौद्ध दुवैले पवित्र मान्छन् । यहाँ स्नान गर्नाले पाप मेटिने, रोग हट्ने र मन शान्त हुने विश्वास छ।

हाइकिङ मार्ग

मणिचूड दह पुग्नका लागि धेरै विकल्पहरू छन् ।

चल्तीका मार्गहरू:

गागलफेदी मार्ग : मुख्य शहरबाट गागलफेदी पुगिसकेपछि २–३ घण्टाको पैदल यात्रा गरेर तालसम्म पुग्न सकिन्छ। बाटो सजिलो र हरियालीको आनन्द लिँदै हिँड्न पाइन्छ ।

साँखु–वज्रयोगिनी मार्ग : साँखु बजार हुँदै वज्रयोगिनी मन्दिरको मार्गबाट जान सकिन्छ। यो मार्ग लामो भए पनि उपत्यकाका मनोरम दृश्य हेर्दै हिँड्ने अवसर प्राप्त हुन्छ ।

सुन्दरीजल मार्ग : सुन्दरीजलबाट सुरु हुने यो मार्ग केही कठिन र लामो छ, तर वन र पहाडी दृश्यहरूको मजा लिन चाहनेहरूका लागि उत्तम विकल्प हो ।

यात्रा गर्दा मार्गमा हरियो वन, चराचुरुङ्गी, र बस्तीहरू भेटिन्छन्, जसले यात्रालाई रमाइलो बनाउँछ।

मणिचूड दह काठमाडौं नजिकैको यस्तो गन्तव्य हो जहाँ प्रकृति, पौराणिक कथा र आत्मशान्ति एकसाथ अनुभव गर्न सकिन्छ ।

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?