
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जेरी अन टप'ले प्रदर्शनको दुई दिनमा १ करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ ग्रस कमाइ गरेको छ।
- शुक्रबार २६० शोजमा २१ हजार २९४ र शनिबार २८५ शोजमा २६ हजार ४३३ जना दर्शकले फिल्म हेरेका छन्।
- फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४०८ र दोस्रो दिन ८६ लाख ३८ हजार २१० रुपैयाँ ग्रस कमाएको छ।
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले प्रदर्शनको दुई दिनमा सुखद कमाइ गरेको छ ।
बक्सअफिसमा शुक्रबार ७२ लाख ५९ हजार ४०८ रुपैयाँ ग्रस कमाइ गरेको फिल्मले शनिबार ८६ लाख ३८ हजार २१० नेरु ग्रस कमायो ।
फिल्मको दुई दिने ग्रस कलेक्सन १ करोड ५८ लाख ९७ हजार ६१८ नेरु ग्रस हुन आउँछ ।
शुक्रबार २६० शोजसहित प्रदर्शनमा आएको फिल्मलाई पहिलो दिनमा २१ हजार २९४ जना दर्शकले हेरेका छन् । दुई दिनमा फिल्मलाई ४७ हजार ७२७ जना दर्शकले हेरे ।
शनिबार २८५ शोजमा प्रदर्शन भएको फिल्मलाई २६ हजार ४३३ जना दर्शकले हेरेको बक्सअफिस विवरणमा उल्लेख छ ।
चलचित्र विकास बोर्डले बक्सअफिसको विवरण प्रत्येक आइतबार सार्वजनिक हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4