
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछिको अवस्थालाई 'दुई दिनको लीला' भनेका छन्।
- ओलीले आफूले १४ वर्षको उमेरदेखि देश बनाउन हिँडेको र अनेक दु:ख झेलेको उल्लेख गरे।
- उनले कसैले दु:ख दिँदा पनि देशप्रतिको इमान र समर्पण भावमा कमी नहुने बताए।
१ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछिको अवस्थालाई ‘दुई दिनको लीला’ भनेर टिप्पणी गरेका छन्।
आइतबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यस्ता तामासा देखेर आफू किञ्चित नआत्तिएको जिकिर गरे।
‘तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ फेरि। यो दुई दिनको लीला हो क्या यो, दुई दिनको लीला,’ उनले भने, ‘यस्ताको तमासाहरू देखेर, कसले नचाएको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लगाएर बस्छु?’
उनले आफू नलत्रिने बताए। ‘यो देश बनाउन हिँडेको हुँ म आफैं जेन–जी हुँदा। जेन–जी उमेरमा भर्खर टेकेको थिएँ १४ वर्षको उमेरमा । त्यहाँदेखि हिँडेको अनि म लत्रिएर अँध्यारो मुख लगाएर बस्छु,’ दुई दिने जेन–जी आन्दोलनबाट सत्ता छाड्न बाध्य भएका ओलीले थपे, ‘शाही कू पनि देखेको छु। १४ वर्ष जेल पनि देखेको छु। नेल–हतकडी लगाएर गोलघरभित्र बसेको पनि याद छ मलाई। यस्ता अनेक झेलेर आएको छु। फेरि पनि मलाई यस्ता दु:ख कष्ट झेल्न कुनै गाह्रो छैन।’
उनले कसैले दु:ख दिँदैमा देशप्रतिको आफ्नो इमान र समर्पण भावमा कुनै कमी नहुने बताए।
प्रतिक्रिया 4