+
+
Shares

हिल्सा नाका हुँदै ७ हजार बढी तीर्थयात्री गए मानसरोवर दर्शनमा

नरजन तामाङ नरजन तामाङ
२०८२ कात्तिक २ गते १८:५८

२ कात्तिक, हुम्ला । सिमकोट विमानस्थल भएर हुम्लाको हिल्सा नाका हुँदै चीन प्रशासित तिब्बतमा पर्ने मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या ७ हजार ८८ पुगेको छ ।

कोरोना महामारी यता मानसरोवर कैलाश दर्शन गर्न तीर्थयात्रीको संख्या बढेको हो । यस वर्ष गत चैत महिनाको ०४ गतेदेखि मानसरोवर कैलाश दर्शन गर्ने क्रम सुरु भएको थियो ।

नेपालगञ्ज विमानस्थल हुँदै  सिमकोट विमानस्थल ओर्लिए हिल्सा नाकाबाट ३ हजार १९७ महिला र ३ हजार ४९१ पुरूष भारतीय तीर्थयात्री र अन्य मुलुकबाट १८५ महिला २१५ पुरुष गरी ७ हजार ७७ जनाले मानसरोवर कैलाश दर्शन गरेको तथ्यांक सिमकोट विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीको तथ्यांक छ ।

 चिसो बढेसँगै मानसरोवर कैलाश दर्शन यात्रा यस वर्षका लागि सकिएको छ ।

विमानस्थल सुरक्षा गार्ड प्रहरीको तथ्यांक ७ हजार ८८ छ भने सिमकोट गाउँपालिकाले दुई जना कर्मचारी खटाएर राखेको तथ्यांक ६ हजार ४७९ मात्रै राखेको छ ।

यता अध्ययागमन कार्यालय हिल्साको तथ्यांकअनुसार दशैं अगाडि ६ हजार ९२१ भारतीय तीर्थयात्री, १५७ नेपाली ७ जना ७ जना रसियनहरुले मानसरोवर कैलाश दर्शन गरेको जनाएको छ ।

पर्यटकबाट उठाउने सरसफाइ शुल्क उधारो

सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले भारतीय तीर्थयात्री अन्य मुलुकबाट उठाउने पर्यटक सरसफाइ शुल्क उधारो राखेको छ ।

७ हजार ८८ जना पर्यटकहरु सिमकोट विमानस्थलबाट हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गरेपनि शुल्क उधारो गरेपछि गाउँपालिकाको आलोचना बढेको छ ।

प्रतिव्यक्ति १ हजार दरले पर्यटकहरूबाट सरसफाइ शुल्क असुल गर्नुपर्ने भएपनि हालसम्म उधारै रहेपछि गाउँपालिकाको आलोचना भएको हो ।

सरसफाइ शीर्षकमा उठाउनु पर्ने ७० लाख ८८ हजार पर्यटकहरूबाट शुल्क पालिकाले प्राप्त गरेको छैन । सिमकोट गाउँपालिकाबाट २ जना र नाम्खा गाउँपालिकाबाट १ जना गरी ३ कर्मचारी पर्यटक सरसफाइ शुल्क असुल गर्न खटिएका थिए ।

दुई पटक पत्राचार अझै दिएन एजेन्सीले शुल्क

सिमकोट गाउँपालिकाको अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा र नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा र ट्राभल एजेन्सीबीच गत असोज ६ गते बैठक बसेर एकसाताभित्रै पर्यटक सरसफाइ शुल्क असुल गर्न भनिएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामले जानकारी दिइन् ।

‘दुईपटक गाउँपालिकाबाट पत्राचार गरिसकेका छौं, तर अहिलेसम्म शुल्क ट्राभल एजेन्सीले दिएका छैन,’ उनले अनलाइनखबरसँँग भनिन् ।

पर्यटक सरसफाइ शुल्क दुई पालिकाले असुल गरेका छौ सिमकोटले ६० प्रतिशत र नाम्खा गाउँपालिकाले ४० प्रतिशतका दरले बाँडफाँट हुने गरेको बताइन् । २० भन्दाबढी ट्राभल एजेन्सी छन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?