+
+
Shares

ललितपुरबाट जुवातास खेलेको आरोपमा १० जना पक्राउ, पौने ९ लाख नगद बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते २०:२१
फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका-१ रातामकै चोकमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३ घर भएका जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टमा जुवातास खेलिरहेका थापासहित १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले उनीहरूको साथबाट ८ लाख ७५ हजार १८५ रुपैयाँ नगद र ८ बुक तास समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली, ललितपुर, भक्तपुर, नुवाकोट, डोटी, काभ्रे, काठमाडौं र ओखलढुङ्गाका विभिन्न स्थानका व्यक्तिहरू छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?