+
+
Shares

गोपाल योञ्जनका कृतिको संग्रह अमेरिकाको कर्नेल युनिभर्सिटीलाई प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालजयी गायक गोपाल योञ्जनका महत्वपूर्ण कलाकृति अमेरिकाको कर्नेल विश्वविद्यालयलाई निःशुल्क प्रदान गरिएको छ।
  • योञ्जनकी पत्नी रेन्चिनले ती कलाकृति दस्तावेजीकरण गरी विश्वविद्यालयलाई हस्तान्तरण गरेकी हुन्।
  • विश्वविद्यालयको दक्षिण एसिया संग्रहमा ती कृतिहरू संरक्षण र डिजिटलाइजेसन गरिनेछ।

काठमाडौं । कालजयी गायक, संगीतकार तथा नाटककार गोपाल योञ्जनका महत्वपूर्ण कलाकृतिको संग्रह अमेरिकाको न्यूयोर्कस्थित कर्नेल विश्वविद्यालयलाई प्रदान गरिएको छ ।

योञ्जनकी पत्नी रेन्चिनले दस्तावेजीकरण गरिएका ती कलाकृति निःशुल्करुपमा विश्वविद्यालयलाई प्रदान गरेकी हुन् ।

विश्वविद्यालयको दक्षिण एसिया संग्रहमा योञ्जनका ती कलाकृतिको संरक्षण र संवद्र्धन गरिने जनाइएको छ ।

‘युनिभर्सिटीको साउथ एसिया कलेक्सनमा गोपाल योन्जनका कृतिहरूको संरक्षणले नेपाली सङ्गीतलाई विश्वस्तरमा प्रस्तुत गर्दछ’ योञ्जनकी छोरी सिर्जनासिंहले सामाजिक सञ्जालमा लेखेकी छन् ।

कर्नेल युनिभर्सिटीलाई योञ्जनका महत्वपूर्ण र ऐतिहासिक दस्तावेज प्रदान गरेको जानकारी दिँदै सिर्जनाले यसले कृतिको संरक्षण र डिजिटलाइजेसन सुनिश्चित गर्ने जनाएकी छन् ।

संसारभरका अनुसन्धानकर्ता, विद्यार्थी र कलाकारको लागि संग्रहमा पहुँच हुने तथा यस संग्रहले भारतीय, बंगलादेशी र श्रीलंकाली कृतिसँगै नेपालको धनी संगीत परम्परालाई पनि उजागर गर्ने उद्देश्य लिइएको छ ।

कृतिको दीर्घायु र पहुँच सुनिश्चित हुने कुरामा उनले जोड दिएकी छन् ।

‘ गोपाल योन्जनका कृतिहरूको संरक्षणले राष्ट्रिय सम्पदालाई जोगाउँछ, अध्ययन र प्रेरणाको स्रोत प्रदान गर्दछ, र नेपाली सङ्गीतलाई विश्व सांस्कृतिक र शैक्षिक परिदृश्यमा स्थान दिन्छ’ सिर्जनाले भनेकी छन्, ‘कोर्नेल युनिभर्सिटीले यी कृतिमार्फत नेपाली सङ्गीतको विगत, वर्तमान, र भविष्यलाई भावी पुस्ताका लागि सुरक्षित राख्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?