+
+
Shares

जुवाखालबाट ९ लाखसहित २७ जना पक्राउ   

पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १९:३०
फाइल तस्वीर

४ कात्तिक, भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले मंगलबार जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट ९ लाख २३ हजार ९६० नगदसहित २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?