+
+
Shares

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो ।

रासस रासस
२०८२ कात्तिक ६ गते ९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरमा यस वर्ष मौसम अनुकूल नहुँदा फूल उत्पादनमा उल्लेख्य कमी आएको छ।
  • टेम्केमैयुङकी किसान दुर्गा विष्टले तिहारका लागि लगाइएको फूल समयमा नफुलेको बताइन्।
  • स्थानीय व्यापारीहरूले उत्पादन कम हुँदा माग पुर्‍याउन समस्या भइरहेको र मूल्य बढेको उल्लेख गरेका छन्।

६ कात्तिक, भोजपुर । यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ ।

सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो ।

यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले बताए । ‘अहिले तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा समयमा फुलेन‘, उनले भनिन्, ‘अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन् ।‘

स्थानीय व्यापारीहरूका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पुर्‍याउन समस्या भइरहेको छ । उत्पादन घटेकाले यस वर्ष फूलको मूल्यसमेत बढेको स्थानीयको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?