
News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौमा भएको दुई दिने जेन–जी आन्दोलनका अगुवाहरूले जेन–जी समूहरूबीच एकताको अपिल गरेका छन्।
- जेन–जी युनाइटेड परिवर्तन समूहले माइतीघरमण्डलमा शहीदहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको थियो।
- कार्यक्रममा शहीद परिवार, घाइते, जेन–जी अगुवा र अभियन्ता सहभागी थिए र उनीहरूले शहीदका सपना साकार पार्न एकताको अनिवार्यता औँल्याए।
६ कात्तिक, काठमाडौं। २३ र २४ भदौमा भएको दुई दिने जेनजी आन्दोलनका अगुवाहरूले जेनजी समूहरूबीच एकताको अपिल गरेका छन् ।
जेनजी युनाइटेड परिवर्तन समूहले जेनजी आन्दोलनका शहीदहरूको सम्झना काठमाडौंको माइतीघरमण्डलमा आयोजना गरेको सामूहिक भाइटीका कार्यक्रममा अगुवा र अभियन्ताहरूले एकताको अपिल गरेका हुन् ।
‘जेनजी एक नभए शहीदका आत्मा भौतारिइरहन्छन्, घाइतेका हृदयहरू कहिल्यै निको हुने छैनन् र नेपाल आमाका आँखामा आँशु कहिल्यै सुक्ने छैन’ लेखिएको ब्यानर प्रदर्शन गर्दै उनीहरूले जेनजीको एकता भाँड्न प्रयास भइरहेको चर्चा गरे ।
शहीदका सपना साकार पार्न जेनजी आन्दोलनमा एकताको अनिवार्यता रहेको भन्दै उनीहरूले शहीदका रगतले लेखिएको इतिहास खेर जान दिन नहुने बताए ।
शहीदका नाममा स्वार्थको खेल हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले शहीदका सपना साकार पार्नु बाँचेकाहरूको कर्तव्य रहेको सन्देश लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
सहभागी अधिकांशले नेपाली झन्डा शरीरमा ओढेका थिए । कार्यक्रममा शहीदहरूका लहरै राखिएका तस्वीरहरूमा भाइटीका लगाइ सम्झना गरिएको थियो ।
कार्यक्रममा शहीद परिवार, घाइते, जेनजी अगुवा, अभियन्ता लगायत उपस्थित थिए ।
प्रतिक्रिया 4