News Summary
Generated by OK AI. Editorially reviewed.- मिस युनिभर्स नेपाल सान्या अधिकारी २०७९ कार्तिक ५ गते थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन्।
- नोभेम्बर २१ मा बैंककको इम्प्याक्ट च्यालेन्जर हलमा मिस युनिभर्स ७४ औं संस्करणको फिनाले हुनेछ।
- यस वर्ष ११९ जना सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् र साउदी अरेबिया पहिलोपटक सहभागी हुँदैछ।
काठमाडौं । ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन मिस युनिभर्स नेपाल सान्या अधिकारी शुक्रबार थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिस युनिभर्स नेपालका आयोजक संस्थाका पदाधिकारीले बिदाइ गरे ।
नोभेम्बर महिनामा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।
थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ । साउदी अरेबियाले पहिलोपटक भाग लिँदैछ ।
नेसनल कस्ट्युम र प्रारम्भिक प्रतिस्पर्धा १९ नोभेम्बरदेखि सुरु हुने जनाइएको छ ।
View this post on Instagram
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4