News Summary
Generated by OK AI. Editorially reviewed.- विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले छलफल गरेका छन्।
- प्रसाईंले छठपछि आन्दोलन गर्ने बताएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको सीडीओ इश्वरराज पौडेलले बताए।
- प्रसाईंले अहिले कुनै आन्दोलन कार्यक्रम नरहेको जवाफ दिएका छन् र सामाजिक सञ्जालमा प्रसारित विषयमा छलफल भएको छ।
९ कात्तिक, काठमाडौं। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले छलफल गरेका छन् ।
छठपछि प्रसाईंले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज आइतबार प्रसाईंलाई बोलाएर छलफल गरिएको काठमाडौंका सीडीओ इश्वरराज पौडेलले बताए ।
छलफलमा तीनै जिल्लाका सीडीओहरु र तीनै जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थित रहेको थियो । प्रसाईंले अभिव्यक्त गरेका विचार तथा सामाजिक सञ्जालहरुमा प्रसारित विषयमा पनि छलफल भएको पौडेलले बताए ।
यसका साथै प्रसाईंले गर्ने भनिएको आन्दोलनका बारेमा पनि चासो राख्दै सोधिएको पौडेलले अनलाइनखबरलाई बताए ।
जवाफमा प्रसाईंले भने अहिले त्यस्तो कुनै कार्यक्रम नरहेको बताएको पौडेलको भनाइ छ ।
प्रतिक्रिया 4