News Summary
Generated by OK AI. Editorially reviewed.- मुस्ताङमा लेक लागेर ४५ वर्षीय माधव तिमिल्सिनाको मृत्यु भएको छ।
- तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा बेहोस भएका थिए।
- उनी जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो र आज मृत्यु भएको हो।
१० कात्तिक, मुस्ताङ । मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए।
उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । तिम्सिनाको आज मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4