+

एट्लेटिको मड्रिड विजयी

२०८२ कात्तिक  ११ गते ८:४३ २०८२ कात्तिक ११ गते ८:४३
एट्लेटिको मड्रिड विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ।
  • एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे।
  • एट्लेटिकोले १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

११ कात्तिक, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ ।

बेटिसको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे ।

सिमिओनीले खेलको तेस्रो मिनेटकै कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यस्तै बाएनाले पहिलो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजको पासमा गोल गरे ।

जितपछि १० खेलबाट १९ अंक जोडेर एट्लेटिको चौथो स्थानमा उक्लेको छ । समान खेलबाट बेटिस १६ अंकसहित छैटौं स्थानमा छ । ला लिगामा रियल मड्रिड २७ अंकसहित शीर्ष स्थानमा छ भने बार्सिलोना २२ अंकसहित दोस्रो र भियारियल २० अंकहित तेस्रो स्थानमा छ ।

 

 

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय