१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।
इजलासमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? भनेर बहसकर्तालाई प्रश्न गरेका छन् ।
‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के के विषयमा अन्तरिम आदेश दिने ?’ भन्ने प्रश्न उठेको छ ।
न्यायाधीश कुमार रेग्मीले भनेका छन्, ‘अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने ? त्यसो हो भने सबै ठप्प हुने भो । ठप्प भएर मुलुक चल्छ ?’
न्यायाधीश सपना प्रधान मल्लले ईजलासबाट सोधिन्, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के के विषयमा अन्तरिम आदेश दिने ?’
अरू न्यायाधीकै पनि यही प्रश्न रहेका छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।
प्रतिक्रिया 4