News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तय गरेको छ।
- खेल बंगलादेशको मैदानमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ।
- गत सेप्टेम्बरमा बंगलादेशी टोलीले नेपालमा खेल्दा पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल हुने भएको हो ।
नोभेम्बर १३ (कात्तिक २७ गते)मा बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ।
मलेसियासँगको एसियन कप छनोट खेल नोभेम्बर १८ मा हुँदैछ।
यसअघि गत सेप्टेम्बरमा बंगलादेशी टोलीले नेपालमा आएर खेलेको थियो । दुई मैत्रीपूर्ण खेल हुने भनिएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो।
पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया 4