News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघ (क्यान) ले सबै प्रादेशिक र जिल्ला क्रिकेट संघलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन निर्देशन दिएको छ।
- क्यानले डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना नेपाल स्ट्रीट प्रिमियर लिगलाई मान्यता नदिने जनाएको छ।
- क्यानका क्रिकेट म्यानेजर विनोद दासले 'संघबाट स्विकृती प्रदान नगरिएको NSPL टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन' निर्देशन दिएका छन्।
१४ कात्तिक, काठमाडौं । नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन नेपाल क्रिकेट संघ (क्यान) ले निर्देशन दिएको छ।
डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)लाई लक्षित गर्दै क्यानले शुक्रबार सबै जिल्ला र प्रादेशिक क्रिकेट संघलाई पत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।
एनएसपीएल टेनिस बल क्रिकेट प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को संरचनाभित्र नपर्ने भएकाले यसप्रकारका प्रतियोगितालाई संघले मान्यता नदिने क्यानले जनाएको छ।
एनएसपीएल कात्तिक १५ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।
संघले स्वीकृति नदिएको प्रतियोगितामा कुनै पनि प्रदेश वा जिल्ला संघका खेलाडी र प्रशिक्षकहरूले सहभागिता नजनाउन क्यानले निर्देशनत्मक अनुरोध गरेको हो ।
‘यस प्रकारको प्रतियोगिताहरुलाई यस संघबाट समेत स्विकृती प्रदान नहुने व्यहोरा जानकारी गराउँदै संघबाट स्विकृती प्रदान नगरिएको NSPL टेनिस बल क्रिकेट प्रतियोगितामा प्रदेश तथा जिल्ला संघहरुबाट प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई सहभागी नहुनको लागि जानकारी गराउनुहुन निर्देशानुसार अनुरोध गर्दछु’ क्रिकेट म्यानेजर विनोद दासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ।
 
                    










 २०८२ कात्तिक  १४ गते १६:३३
                        २०८२ कात्तिक  १४ गते १६:३३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4