+
+
Shares

विप्लवको पार्टीमा विग्रह : चिरन पुन पक्ष माओवादीसहितको एकताको पक्षमा

एकताको पक्षमा भएका नेताहरूको शुक्रबार छुट्टै भेला बसेको थियो । जसले विप्लवलाई छिट्टै एकतामा आउन आह्वान गर्दै एकताको पक्षमा उभिने निर्णय गरेको नेता मिलन सीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेक्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका ७५ जना केन्द्रीय सदस्य समाजवादी मोर्चासहितको एकताको पक्षमा उभिएका छन्।
  • एकताको पक्षमा रहेका नेताहरूले विप्लवलाई छिट्टै एकतामा आउन आह्वान गर्दै छुट्टै भेला बसेका छन्।
  • विप्लवले तत्काल माओवादीसहितको एकता प्रक्रियामा सहभागी नहुने संकेत दिएपछि एकताको पक्षमा रहेका नेताहरूले अलग निर्णय लिएका छन्।

१४ कात्तिक, काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका एउटा पक्ष माओवादी केन्द्रसहितको एकताको पक्षमा उभिएको छ ।

चिरन पुन (मिलन सी)को नेतृत्वमा छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय भएको हो । आफूहरू समाजवादी मोर्चामा रहेका दलहरूको एकताको पक्षमा उभिएको मिलन सीले बताए ।

उनका अनुसार १४५ जना केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्ये ७५ जना केन्द्रीय सदस्य समाजवादी मोर्चामा रहेको मिलन सीले दाबी गरे ।

एकताको पक्षमा भएका नेताहरूको शुक्रबार छुट्टै भेला बसेको थियो । जसले विप्लवलाई छिट्टै एकतामा आउन आह्वान गर्दै एकताको पक्षमा उभिने निर्णय गरेको नेता मिलन सीले जानकारी दिए ।

विप्लव भने कम्युनिस्ट पार्टी नेपाल नामक दल दर्ताको लागि निर्वाचन आयोग पुगेका छन् ।

विप्लवमा अनुसार वर्तमान सरकारको निरन्तरतामै अगाडि बढ्ने गरी माओवादी र समाजवादी एकता प्रक्रियामा अगाडि बढेका छन् ।

आफूहरू सर्वपक्षीय सरकार गठन हुनुपर्छ भन्नेमा रहेकाले बैचारिक मतभेद रहेको उनले अनलाइनखबरसँगको कुराकानीमा बताएका थिए ।

विप्लवले तत्काल माओवादीसहितको एकता प्रक्रियामा सहभागी नहुने संकेत दिएपछि एकताको पक्षमा रहेकाहरूले छुट्टै भेला गरेर एकताको पक्षमा उभिने निर्णय लिएको मिलन सीले बताए । भोलि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?