+
+
Shares

यही महिनाभित्र माओवादीसँग एकता घोषणा : विरोध खतिवडा

विद्यमान कम्युनिष्ट पार्टीहरूमा माओवादी दोस्रो र आफ्नो दल तेस्रो भएकोले दुवै मिलेर मूलधारको कम्युनिष्ट पार्टी बनाउन लागेको जिकिर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १८:०४

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय आज नै हुनसक्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठक चलिरहँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, यही महिनाभित्र पार्टी एकता घोषणा हुनेछ ।

‘एमाले बाहेकका अरु पनि यसमा आउँछन् । एमालेभित्र पनि अहिले जुन अन्तसंघर्ष र द्वन्द्व चलिरहेको छ । त्यसभित्रका इमानदारहरू पनि आउने बाटो खुल्छ,’ उनले भने, ‘यसका हरेक पक्ष सकारात्मक छ । सम्भवत: आज नै हामी एकताको निर्णय गर्छौं । सम्भवत: यही महिनाभित्र नै हामी राष्ट्रिय भेला गरेर एकताको घोषणा गर्छौं ।’

कम्युनिष्ट पार्टीमा यसअघि देखिएको रोग चिर्नेगरी यसपटक माओवादीसँग आफ्नो पार्टीको एकता हुन लागेको उनले बताएका छन् ।

विद्यमान कम्युनिष्ट पार्टीहरूमा माओवादी दोस्रो र आफ्नो दल तेस्रो भएकोले दुवै मिलेर मूलधारको कम्युनिष्ट पार्टी बनाउन लागेको जिकिर गरे ।

‘वामपन्थीहरूको सुरुदेखिकै एक हुनुपर्छ भन्ने हो । विश्वकै कम्युनिस्ट एक हौं भन्ने हो । तर, व्यवहारमा जुटेको भन्दा फटेको इतिहास बढी आउँछ । र जोगीको कुटिजस्तो एउटा एउटा कुटिको मठाधीश भएर बस्ने रोग छ,’ उनले भने, ‘त्यसलाई चिरेर हामी एकता प्रक्रियामा जाँदैछौं । माओवादी कम्युनिस्ट पार्टीमध्येको दोस्रो हो । हामी तेस्रो कम्युनिस्ट पार्टी हौं । दोस्रो र तेस्रो कम्युनिस्ट पार्टीको एकता गरेर मूलधार सिर्जना गर्न यो आवश्यक छ ।’

एकता गर्दा भाँड्ने तत्वहरू आउने भन्दै त्यसबाट जोगिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?