+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
43/2 (8.1)
Shares

नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते ७:३९

१५ कात्तिक,. काठमाडौं । प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्ल्र निर्माणको अपरिहार्यता रहेको बताएका छन् ।

कम्युनिस्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । विप्लवले ४ बुँदामा आफ्नो धारणा राखेका छन् ।

कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको, कम्युनिस्टहरूबीच वैचारिक, सैद्धान्तिक, व्यवहारिक बहसहरू आवश्यक छन रहेको उनको भनाइ छ ।

उनले एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको बताउँदै यसमा रमाउन नसकिने पनि बताएका छन् । उनले यो व्यङ्ग्य मात्रै भएको टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीबाट फुटेर चिरन सीलगायतले माओवादी केन्द्रसँग एकता गर्न लागे पनि उनले यस्तो टिप्पणी गरेका हुन् । माओवादी र एकीकृत समाजवादीसहितका दलहरुले यसै साता एकता गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?