+
नेपाली क्रिकेट :

दीपेन्द्रको अर्धशतक र करणको फिनिसिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

२०८२ कात्तिक  १५ गते १५:०१ २०८२ कात्तिक १५ गते १५:०१
दीपेन्द्रको अर्धशतक र करणको फिनिसिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत अमेरिकाविरुद्ध २७१ रन बनाएर २७२ रनको लक्ष्य दिएको छ।
  • दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए भने करण केसीले ३१ बलमा ४९ रन बनाए।
  • नेपालले जारी शृंखलामा दुई खेल हारिसकेको छ र बाँकी दुई खेल जित्नुपर्ने दबाबमा छ।

१५ कात्तिक, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएर अमेरिकालाई २७२ रनको लक्ष्य दिएको हो ।

दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए ।

जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

नेपाल र यूएई लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय