+

मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेल्ने

२०८२ कात्तिक  १६ गते १७:२२ २०८२ कात्तिक १६ गते १७:२२
मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
  • विराटनगर किङ्सले गप्टिललाई दोस्रो सिजनका लागि निरन्तरता दिएको विज्ञप्ति जारी गरेको छ।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ र विराटनगरले सन्दीप लामिछानेसहित अन्य खेलाडीलाई रिटेन गरेको छ।

१६ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् ।

विराटनगरले विज्ञप्ति जारी गर्दै गप्टिलाई दोस्रो सिजन पनि निरन्तरता दिएको जनाएको हो । ३९ वर्षीय गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडीसमेत हुन् ।

उनीसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । गप्टिलले किवी टोलीका लागि १२२ टी-२०आई खेल खेल्दा ३५३१ रन बनाएका छन् ।

उनले समग्र टी-२० मा ३५१ खेल खेल्दा ९९०० रन बनाएका छन् ।

उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग आईपीएल खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।

विराटनगरले यसअघि दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेको छ भने त्यसबाहेक स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट अनुबन्ध गरेको छ ।

विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।

अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

मार्टिन गप्टिल विराटनगर किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय