+
+
Shares

नख्खु कारागारका जेलरसँग जाँचबुझ आयोगको सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी आन्दोलनपछि नख्खु कारागारबाट कैदीबन्दी बाहिर निस्किएको घटनामा आयोगले जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ।
  • आयोगका सदस्य विज्ञानराज शर्माले घटनाबारे सोधपुछ र बयान लिने क्रम शुरु भइसकेको बताए।
  • जेलरको नामबाट जारी पत्रका बारेमा पनि सोधपुछ भएको थियो र त्यसमा आधारित भएर रवि लामिछाने कारागारमुक्त भएका थिए।

१६ कात्तिक, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जोशीलाई आयोगको सचिवालयमा बोलाएर नख्खु कारागारका कैदीबन्दी बाहिर निस्किएको घटनाबारे सोधपुछ गरिएको बताए।

उनले भने, ‘यसलाई बयान भन्दा पनि सोधपुछ भन्न उचित होला। हामीले घटनाका बारेमा सोधपुछ र बयान लिने क्रम शुरु गरिसकेका छौं । त्यसक्रममा उहाँलाई पनि डाकिएको हो।’

जेन–जी आन्दोलनको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कार्यकर्ताहरु नख्खु कारागार गएर त्यहाँ रहेका सभापति रवि लामिछानेलाई बाहिर निकालेका थिए।

त्यसक्रममा जेलरले तयार पारेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो।

आयोगको सचिवालय स्रोतका अनुसार जेलरको नामबाट जारी भएको पत्रका बारेमा पनि सोधपुछ भएको थियो। तर उनको जवाफको विवरण आयोगले गोप्य राखेको छ। त्यही पत्रको आधारमा रवी लामिछाने कारागारमुक्त भएर बाहिरिएका थिए।

कारागारबाट कैदीबन्दी निस्किएको घटनामा मुख्यसचिव लगायत महत्वपूर्ण जिम्मेवारीमा रहेका सरकारी अधिकारीहरुमाथि प्रश्न उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?