+
+
Shares

नेपालका हिमाल देखेर लोभिए हलिउड-चिनियाँ स्टार जेट ली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ तथा हलिउड अभिनेता जेट ली अहिले नेपालमा छन् र उनले सामाजिक सञ्जालबाट नेपालको प्राकृतिक थलोको घुमघाम गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन्।
  • २०८० माघको दोस्रो साता जेट ली लुम्बिनी पुगेर दर्शन गरेका थिए र त्यतिबेला अभिनेत्री मनीषा कोइरालासँग भेट भएको थियो।
  • उनकी छोरी काठमाडौंको बौद्धमा बौद्ध धर्म अध्ययन गर्छिन् र जेट ली बेलाबेलामा छोरीलाई भेट्न तथा आध्यात्मिक घुमघामका लागि नेपाल आइरहन्छन्।

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपाल घुमघाममा छन् । बौद्ध धर्मावलम्बी उनी बेलाबेलामा नेपालमा आइरहन्छन् । सन् २०२३ मा क्रिसमस सेलिब्रेसन गर्न पनि उनी नेपाल आएका थिए ।

स्रोतका अनुसार उनकी छोरी काठमाडौंको बौद्धमा बौद्ध धर्म अध्ययन गर्छिन् र जेट ली बेलाबेलामा छोरीलाई भेट्न तथा आध्यात्मिक घुमघामका लागि नेपाल आइरहन्छन् ।

यसपटक पनि उनी नेपालमा छन् । उनी अक्टोबरमा नेपालमा थिए । उनले यसको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् ।

उनले नेपालको मनोरम प्राकृतिक थलोको घुमघाम गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन् । एउटा फोटोमा उनी खोला किनारमा पदयात्रा गरिरहेको देखिन्छ ।

अर्को फोटोमा हिमालको आकर्षको फोटो देखिन्छ । भिडियोमा चाहिँ उनले नेपालको हिमालय पर्वत भन्दै चिनारी गराएका छन् ।

२०८० माघको दोस्रो साता उनी लुम्बिनी पुगेर दर्शन गरेका थिए । त्यतिबेला अभिनेत्री मनीषा कोइरालासँग उनको भेट भएको थियो । २०७९ पुस १६ गते छोरीहरूसहित बौद्ध स्तुपा घुमेका थिए ।

उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आट्र्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ (२००१) र ‘वार’ (२००७) मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ (२००८) मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह-अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?