News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बालगीत 'आफूसित आफै दंग' युट्युब सर्ट्समा १ अर्ब २ करोडभन्दा धेरै पटक हेरिएको छ।
- संगीतकार दीपक शर्माले दैनिक २५ देखि ३० लाख भ्यूज आइरहेको र अर्को अर्ब भ्यूज आउन नजिक रहेको बताए।
- यो ३१ सेकेन्ड लामो सर्ट्सलाई अमेरिका, भारत र युरोपबाट धेरै हेरिएको छ र गोपाल आचार्यले निर्देशन गरेका हुन्।
काठमाडौं । नेपाली बालगीत ‘आफूसित आफै दंग’ लाई युट्युब सर्ट्समा १ अर्बभन्दा धेरै पटक हेरिएको छ ।
रामबाबु सुवेदीको युट्युब च्यानलबाट ८ महिनाअघि सार्वजनिक गरिएको उक्त सर्ट्सले अहिलेसम्म १ अर्ब २ करोडभन्दा धेरै भ्यूज पाएको छ ।
मूल गीतलाई भने २ लाख ३० हजार पटक हेरिएको छ ।
यसैसाता उक्त भिडियोले १ अर्बको दुर्लभ कीर्तिमान रचेको संगीतकार दीपक शर्माले बताए । ‘दैनिक भ्यूज नै २५ देखि ३० लाखसम्म आइरहेको छ । यही गतिमा गए अर्को अर्ब आउन बेर छैन’ उनले भने ।
उक्त सर्ट्सको लम्बाइ ३१ सेकेन्ड सम्मको मात्र छ । अंग्रेजी सबटाइटलसहित बनाइएको बच्चाहरूको उक्त गीतलाई अमेरिका, भारत र युरोपबाट धेरै हेरिएको संगीतकार शर्माले अनलाइनखबरलाई बताए ।
गीतको भिडियोलाई गोपाल आचार्यले निर्देशन गरेका हुन् । गीतकारमा रामबाबु सुवेदी छन् । यो सर्ट्स म्युजिक भिडियोलाई १ अर्ब भ्यूज पाउने पहिलो नेपाली सर्ट्स बताइएको छ ।
प्रतिक्रिया 4