+

हङकङ सिक्सेस : सन्दीपको नाममा सर्वाधिक रन, राशिदले लिए सर्वाधिक विकेट

२०८२ कात्तिक  २३ गते १५:०६ २०८२ कात्तिक २३ गते १५:०६
हङकङ सिक्सेस : सन्दीपको नाममा सर्वाधिक रन, राशिदले लिए सर्वाधिक विकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङ सिक्सेस क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोरा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
  • राशिद खानले हङकङ सिक्सेसमा सर्वाधिक विकेट लिए, उनले ५ खेलमा ९ विकेट लिए।
  • नेपालले समूह चरण पार गर्न नसकी बाउल लिगमा पर्‍यो र भारतमाथि ९२ रनले जित निकाल्यो।

२३ कात्तिक, काठमाडौं । हङकङमा सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोरा सर्वाधिक रन बनाउने तथा राशिद खान सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

प्रतियोगितामा नेपाल ११औं भएपनि नेपाली खेलाडीहरू व्यक्तिगत विधामा उत्कृष्ट रहेका हुन् ।

सन्दीपले ५ खेलमा १ अर्धशतकसहित १७६ रन बनाए । उनको उच्च स्कोर ५३ रह्यो । उनीभन्दा पछाडि अफगानिस्तानका करिम जनतले १७२ रन बनाए ।

त्यस्तै बलिङतर्फ सर्वाधिक विकेट राशिद खानले लिए । राशिदले ५ खेलमा ९ विकेट लिए । उनले अफगानिस्तानविरुद्ध एकै खेलमा ४ विकेट लिएका थिए ।

नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।

बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो भने दोस्रो खेलमा भारतमाथि ९२ रनको विशाल जित निकालेको थियो ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय