+
+
Shares

ब्रिटिस कलेजको ११औं ग्र्याजुएसनमा ६ सय बढी ग्र्याजुएट सम्मानित

कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङल्यान्ड (यूडब्लूई) र किल युनिभर्सिटीका ग्र्याजुएटलाई कलेजले सम्मान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रिटिस कलेजको ११औं ग्र्याजुएसन २३ कात्तिकमा होटल सोल्टीमा सम्पन्न भएको छ।
  • कलेजले लिड्स बेकेट युनिभर्सिटी, युनिभर्सिटी अफ द वेस्ट अफ इङल्यान्ड र किल युनिभर्सिटीका ६३९ विद्यार्थीलाई सम्मान गरेको छ।
  • ब्रिटिस एजुकेसन ग्रुपका सीईओ राजन कँडेलले 'हाम्रा ग्र्याजुएटहरू विश्वमा आत्मविश्वासी, सक्षम र करुणामय नेतृत्वकर्ताका रूपमा अगाडि बढ्दैछ' भने।

२३ कात्तिक, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) को ११औं ग्र्याजुएसन सम्पन्न भएको छ । शुक्रबार होटल सोल्टीमा ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्र्याजुएसन सम्पन्न भएको हो ।

कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङल्यान्ड (यूडब्लूई) र किल युनिभर्सिटीका ग्र्याजुएटलाई कलेजले सम्मान गरेको हो ।

कलेजले स्नातक तथा स्नातकोत्तर कार्यक्रम र ब्रिटिस मोडेल कलेजका १ सय २५ विद्यार्थी गरी ६ सय ३९ विद्यार्थीलाई सम्मानित गर्दै ग्र्याजुएटको संख्यामा रेकर्ड कायम गरेको छ ।

ग्र्याजुएसन कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो । बिहानको सत्रमा स्कुल अफ बिजनेसबाट बीबीए, एमबीए, एचबीएम र ईएमबीएका विद्यार्थी दीक्षित भएका थिए भने दिउँसोको सत्रमा स्कुल अफ आईटीबाट बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स, एमएससी आईटी र एडभान्स कम्प्युटर साइन्सका विद्यार्थी दीक्षित भए । त्यस्तै क्याम्ब्रिज ए–लेभलका विद्यार्थीलाई पनि दीक्षित गरिएको छ ।

ब्रिटिस एजुकेसन ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेलले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । सीईओ कँडेलले शैक्षिक सफलता प्राप्त गर्ने सबैलाई बधाई दिए ।

‘यो समारोह केवल शैक्षिक सफलताको मात्रै होइन दृढ संकल्प र ग्लोबल एजुकेसनको समायोजनबाट के हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ सीईओ कँडेलले भने, ‘हाम्रा ग्र्याजुएटहरू विश्वमा आत्मविश्वासी, सक्षम र करुणामय नेतृत्वकर्ताका रूपमा अगाडि बढ्दैछ र यसले स्वदेश तथा विदेशमा सकारात्मक प्रभाव पार्ने छ ।’

ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डिक्लान पी ब्याननले पनि विद्यार्थीलाई बधाई ज्ञापन गरे । कार्यक्रममा नेपालका लागि बेलायतका डेपुटी राजदूत डा. ल्युक बोमोन्ट, डोल्मा फन्ड म्यानेजमेन्टका सीईओ, टिम गोचर, कलेजका सल्लाहकार माइकल रुटल्यान्ड, पाउल क्लिभ्स र जोन पार्क, लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रध्यापक डेभ चेस्ली लगायतले पनि समारोहलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?