News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय दिने तयारी गरेको छ।
- प्रारम्भिक तालिका अनुसार समानुपातिक प्रणाली तर्फ बन्द सूची पेश गर्ने समय आगामी पुस १८ र १९ गते तोकिएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक सांसद उम्मेदवार आह्वान गरेको छ।
२४ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय उपलब्ध गराउने तयारी गरेको छ ।
निर्वाचन तालिका अन्तर्गत यस्तो तयारी भएको हो । प्रारम्भिक तालिका अनुसार समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने समय आगामी पुस १८ र १९ गते हुनेछ । यसमा आयोगले पछि हेरफेर समेत गर्न सक्नेछ ।
आगामी फागुन २१ गते हुने चुनावमा कतिय राजनीतिक दलले समानुपातिक तर्फबाट उम्मेदवार बनाउनेहरूको सूचीमा काम गर्न थालिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान नै गरेको छ।
विज्ञप्ति नै निकालेर रास्वपाले समानुपातिक सांसद बन्न मापदण्ड तोकेको छ ।
प्रतिक्रिया 4