+
+
Shares

कारोबारसँगै घट्यो सेयर बजार, १० प्रतिशत बढे ५ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ।
  • कारोबार रकम ४ अर्ब ९० करोडबाट घटेर ४ अर्ब ५१ करोडमा सीमित भएको छ।
  • ९१ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ।

२४ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ ।

कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११ : ३७ बजे नेप्से आजको अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ : ३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो । साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको हो । अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित भयो ।

९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह १.६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् ।

बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशत घटे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रोपावर, माबिलुङ इनर्जी र सिटी होटल छन् । सिटीबाहेक अरु हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रुरु जलविद्युतको ८.४५, धौलागिरी लघुवित्तको ५.६६ तथा उपकार लघुवित्तको ५.६३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर, सिद्धार्थ बैंक डिबेन्चर २०८९, राधि विद्युत् र शिवम् सिमेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?