+
+
Shares

कुलमान नेतृत्वको दल दर्ताका लागि मंगलबार आयोग जाने

यो मोर्चामा आठ घटक छन् । प्रदेश नम्बर १ बाहेक अन्य जेनजीका प्रदेश संयोजक पनि यसमा केन्द्रीय सदस्यको रुपमा रहने जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते २०:२४

२३ कात्तिक, काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ ।

सोमबार दिनभरको छलफलपछि ५१ जना केन्द्रीय सदस्यको विवाद सल्टाइएको थियो । त्यसपछि मंगलबार दल दर्ताका लागि आयोग जाने तयारी गरिएको एक नेताले जानकारी दिए ।

पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ हुनेछ भने चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुनेछ ।

यसमा कुलमान घिसिङ, बालेन शाहको समूह, सुदन गुरुङको जेनजी समूह र संयूक्त पहिचानवादी मोर्चा हुनेछन् ।

यो मोर्चामा आठ घटक छन् । प्रदेश नम्बर १ बाहेक अन्य जेनजीका प्रदेश संयोजक पनि यसमा केन्द्रीय सदस्यको रुपमा रहने जनाइएको छ ।

स्रोतका अनुसार यसको घोषणापत्र पनि तयार भइसकेको छ । त्यसबाहेक दस्तावेज पनि लेखिएको छ ।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार यो पार्टी ‘सेन्टर टू लेफ्ट’ हुनेछ ।

त्यसबाहेक समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसंस्कृतिकवाद र राष्ट्रिय एकतालाई मूल नारा बनाएर यो पार्टीको अवधारणापत्र र सिद्धान्त बन्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?